+
+
Shares

कैलाली र कञ्चनपुरमा लागुऔषधसहित एकै दिन ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते ७:०४

७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध (खैरो हेरोइनजस्तो देखिने पदार्थ) सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहानदेखि बेलुकासम्म छुट्टाछुट्टै अपरेशन सञ्चालन गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क क्षेत्रबाट जिल्ला डोटी शिखर नगरपालिका-२ बस्ने २५ वर्षीय कृष्ण दमाईलाई ३७० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ बरामद गरेको हो ।

यसैगरी, लम्कीचुहा नगरपालिका–१ थपालिपुरबाट ३० वर्षीय प्रकाश शर्मा १६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय लम्कीको टोलीले नियन्त्रणमा लिएको हो ।

कैलालीकै भजनी नगरपालिका-३ कुसुमघाटबाट जोशिपुर गाउँपालिका-७ घैला बौनिया बस्ने ३० वर्षीय तेजबहादुर मौनीलाई ५४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।

उता कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ बनपुरुवा क्षेत्रबाट २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी ८६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरी चौकी भुँडाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, बेलौरी नगरपालिका–१० दर्सिखल्ला क्षेत्रमा शंकास्पद रूपमा चलिरहेको सुप्रप्रदेश ०२–००३ प २३७३ नम्बरको मोटरसाइकल जाँच गर्दा चालक ३२ वर्षीय ईश्वर डगौरा र पछाडि सवार २५ वर्षीय आकाश डगौरा पक्राउ परेका छन्। उनीहरूको साथबाट १० ग्राम ५२० मिलिग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।

प्रहरीका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय सुदूरपश्चिममा लागुऔषध ओसारपसार र प्रयोग बढ्दो देखिएकाले प्रहरी निगरानी थप कडा बनाइएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?