+
+
Shares

कञ्चनपुरमा ९ ग्रामभन्दा बढी खैरो हेरोइनसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते ८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरको बेलडाँडी गाउँपालिका–४ बाट २० वर्षीय बासुदेव महरालाई ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय बेलडाँडीको टोलीले विशेष सूचनाको आधारमा महरालाई पक्राउ गरेको हो।
  • पक्राउ परेका महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

५ वैशाख, धनगढी । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेव महरा रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ९ ग्राम ८४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

उनलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

महरालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?