+
+
Shares

कैलाली र कञ्चनपुरमा लागूऔषधसहित ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली र कञ्चनपुरमा प्रहरीले खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि र हतियारसहित ११ जनालाई पक्राउ गरेको छ।
  • कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो ।
  • पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

११ वैशाख, धनगढी । कैलाली र कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, चरेश, प्रतिबन्धित औषधि तथा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीमा ६ जना र कञ्चनपुरमा ५ जनालाई पक्राउ गरिएको हो ।

गोदावरी नगरपालिका–१ बाट ५१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित २५ वर्षीय राजन हमाल पक्राउ परेका छन् । हमाल घर नजिकै कुखुराको फर्ममुनि लुकाइएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो ।

यस्तै, घोडाघोडी नगरपालिका–५ देउकलियाबाट १९ वर्षीय पूर्ण बहादुर विष्ट र १९ वर्षीय सुरज नेपालीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७० ट्याब्लेट र एक थान चक्कुसहित पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २८ वर्षीय जीवन बहादुर खड्का र पुनर्वास नगरपालिका–६ कञ्चनपुरकी १८ वर्षीया किशोरी पक्राउ परेका छन् । उनीहरूलाई लागूऔषध सेवन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ३२ वर्षीय हर्क बहादुर देउवा र ३६ वर्षीय दिल बहादुर चौधरी ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

दोधारा चाँदनी नगरपालिका–२ लठ्ठाघाटस्थित पसलबाट ९ ग्राम ८३० मिलिग्राम चरेश जस्तो देखिने पदार्थसहित पसल सञ्चालक ४० वर्षीय गोर्खे दमाई र उनका १८ वर्षीय छोरालाई पक्राउ गरिएको छ ।

यस्तै शुक्लाफाँटा नगरपालिका–१० नगरपालिका रोडबाट २१ दशमलव ४७ ग्राम चरेश जस्तो देखिने पदार्थसहित ७० वर्षीय भीम बहादुर ऐर पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?