+
+
Shares

बालकको हातखुट्टा बाँधेर कुटपिट गर्ने युवक पक्राउ, ज्यान मार्ने उद्योगको कसुर

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १८ गते १०:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हातखुट्टा बाँधेर ११ वर्षीय बालकमाथि कुटपिट गरेको आरोपमा कञ्चनपुरमा वेदकोट नगरपालिका–५ का ३७ वर्षीय भोज नाथलाई पक्राउ गरिएको छ।
  • नाथमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी हेमबहादुर शाहीले बताए।
  • बालकलाई खरभुजा चोरी गरेको आरोपमा कुटपिट गरिएको थियो ।

१८ वैशाख, धनगढी । कञ्चनपुरमा हातखुट्टा बाँधेर बालकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–५ का ३७ वर्षीय भोज नाथ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बताए ।

उनकाअनुसार नाथलाई वेदकोट–५ कै ११ वर्षीय बालकमाथि हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि पक्राउ गरिएको हो ।

उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शाहीले बताए ।

बालक चौधर नदीको पूर्वतर्फ रहेको नाथको तरकारी बारीमा क्रिकेट बल खोज्न गएका बेला खरभुजा चोरी गरेको भन्दै उनीमाथि कुटपिट गरिएको थियोे ।

कुटिपटबाट घाइते बालकको टाउकोमा रहेको घाउमा तीन वटा टाँका लागेको डीएसपी शाहीले बताए । बालकका दुवै हातखुट्टा बाँधेर नाथले थप यातना दिएको भिडियो समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएको छ ।

बालकका आमाबुवा मजदुरीको सिलसिलामा भारतमा छन् भने उनी वेदकोटमा बज्यैसँग बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?