News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा नगरपालिका–१४ मा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ का सरोज विक र राजु लामा रहेका छन्।
- प्रहरीले मोटरसाइकलबाट प्लास्टिकसहित ४३७ मिलिग्राम र ६ ग्राम २१० मिलिग्राम हेरोइन बरामद गरेको छ।
४ जेठ, सिरहा । यहाँको सिरहा नगरपालिका–१४ क्षेत्रमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ का सरोज विक र सोही स्थानका राजु लामा रहेका छन् ।
प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीको टोलीले माडरबाट सिरहातर्फ जाँदै गरेको ज.४ प. १३८८ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट खैरो हेरोइन बरामद गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक सरोज विकको साथबाट प्लास्टिकसहित ४३७ मिलिग्राम तथा प्लास्टिकबाहेक २०० मिलिग्राम पदार्थ फेला परेको थियो ।
त्यसैगरी मोटरसाइकलको पछाडि सवार राजु लामाको साथबाट प्लास्टिकसहित ६ ग्राम २१० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १०० मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ भने प्रयोग गरिएको मोटरसाइकल प्रहरी चौकी खिरौनाको नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया 4