+
+
Shares

खैरो हेरोइनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीमा साढे ११ ग्राम खैरो हेरोइनसहित ३० वर्षीय घुम्मन राना र २६ वर्षीया आशा चौधरीलाई पक्राउ गरिएको छ।
  • प्रहरी सहायक निरीक्षक प्रकाश पनेरु र सहायक हवल्दार दिपक पार्कीको टोलीले बुधबार साँझ राजपुरमा दुवै जनालाई पक्राउ गरेको हो।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले शंकाका आधारमा आशा चौधरीको घरमा चेकजाँच गर्दा लागुऔषध बरामद भएको बताए।

१० वैशाख, धनगढी । धनगढीमा साढे ११ ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् ।

धनगढीको राजपुरबाट गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय घुम्मन राना र धनगढी–१३ बस्ने २६ वर्षीया आशा चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट राजपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश पनेरु र सहायक हवल्दार दिपक पार्कीको टोलीले दुवै जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टोल बस्ने आशा चौधरीको घरमा शंकाका आधारमा चेकजाँच गर्दा दुवै जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको बताए ।

उनकाअनुसार उनीहरूको साथबाट ११ दशमलव ३९० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?