+
+
Shares

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिए

लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १२:२३

११ माघ, काठमाडौं । लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् ।

आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको हो ।

उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?