+
+
Shares

खैरो हेरोइनसहित ३ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १७ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको दमकमा लागु औषधसहित तीन जनालाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा ३४ वर्षीय बुद्ध राई, २३ वर्षीया रोमी लिम्बू र २२ वर्षीय करण मल्लिक रहेका छन् ।
  • प्रहरीले उनीहरूको साथबाट १ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन, ४ हजार ९६० क्याप्सुल ट्रामाडोल र दुई थान स्कुटर बरामद गरेको छ ।

१७ साउन, काठमाडौं । झापामा लागु औषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–१० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बू र झापाको दमक नगरपालिका–७ का २२ वर्षीय करण मल्लिक छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १ ग्राम ५२० मिलिग्राम खैरो हेरोइन र ४ हजार ९६० क्याप्सुल ट्रामाडोल बरामद भएको छ । साथै दुई थान स्कुटर पनि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?