+
+
Shares

त्रिपुरेश्वरमा बस आगलागी : दावा लामालाई बोलाइयो बग्गीखाना

तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको आशंका छ भने लाइसेन्स दुरुपयोगको अनुमान समेत गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा सोमबार रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरी सक्रिय छ ।
  • प्रहरीले लाइसेन्सका आधारमा काभ्रेका २५ वर्षीय दावा लामा मृतक भएको जानकारी दिएको थियो, तर आफू सकुशल रहेको बताएपछि दाबीको सत्यता जाँच भइरहेको छ ।
  • दावा लामा भनिने व्यक्तिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बोलाएर सोधपुछ भइरहेको छ, र घटनाको छानबिन जारी छ ।

६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका व्यक्तिको पहिचान गर्न प्रहरी सक्रिय छ ।

जलेका व्यक्तिको साथमा रहेको लाइसेन्सको आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा रहेको जानकारी मिडियाहरूलाई दिएको थियो । तर दावा लामा भन्ने व्यक्तिले आफू सकुशल रहेको बताएपछि प्रहरीले दिएको विवरण फरक परेको आशंका छ भने लाइसेन्स दुरुपयोगको अनुमान समेत गरिएको छ ।

आफूलाई दावा लामा भन्ने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ (बग्गीखाना) मा बोलाएको छ । उनीसँग अहिले सोधपुछ भइरहेको एक अधिकृतले जानकारी दिए ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक आगलागी भएको थियो । बसमा आगो लाग्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो ।

त्यसको केहीबेरमा बसको पछिल्लो भागतिरबाट आगो सल्किएको देखिएको थियो । सो घटनाको छानबिन भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?