+
+
Shares

सुशीलले साइन गरे ‘द राइज अफ साम्राज्य’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ११:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ शीर्षमध्येको एक भूमिकामा अनुबन्धित भएका छन् ।
  • यसअघि नै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।
  • डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको पटकथा बुद्धिसागरले लेखेका छन्, र ७० दिन छायांकन हुने तालिका छ ।

काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी निर्देशकीय फिल्म ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ अनुबन्धित भएका छन् ।

यसअघि नै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ जस्ता कलाकार अनुबन्धित भइसकेका छन् ।

निर्देशक चौधरीले सुशीलले फिल्ममा शीर्षमध्येको एक भूमिकामा अभिनय गर्ने बताए । ७० दिनसम्म छायांकन हुने तालिका छ । अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।

चौधरीले यसपटक आफूले यसअघि निर्माण गरेका फिल्ममा भन्दा भव्य क्यानभास र स्तरको प्रस्तुति दिने योजना बनाएका छन् । फिल्मलाई ‘एपिक एक्सन ड्रामा’ बताइएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पटकथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । निर्माता प्रवेश चौधरी र निला देव हुन् । विश्वास बस्नेत सहायक निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माताको रुपमा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?