+
+
Shares

दयाहाङले साइन गरे ‘साम्राज्य’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दयाहाङ राई सौरभ चौधरी निर्देशित आगामी चलचित्र 'द राइज अफ साम्राज्य' मा अनुबन्धित भएका छन् ।
  • निर्देशक चौधरीले यसअघि नै सौगात मल्ललाई उक्त चलचित्रमा समावेश गरिसकेका छन् ।
  • बुद्धिसागरद्वारा लिखित एक्सन ड्रामा जनराको यो चलचित्रको छायाङ्कन भदौ पहिलो सातादेखि शुरू हुने भएको छ ।

काठमाडौं । सौरभ चौधरीको आगामी निर्देशकीय कथानक ‘द राइज अफ साम्राज्य’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यसअघि यो फिल्ममा सौगात मल्ल जोडिइसकेका छन् ।

राईले फिल्म साइन गरेको प्रेषित विवरणमा जनाइएको छ । ‘हामीले अहिलेसम्म सौगात र दयाहाङलाई फिल्ममा कास्ट गरेका छौं’ निर्देशक चौधरीले भने, ‘यी दुई नामसँगै हामी थप सरप्राइज कास्टिङ घोषणा गर्ने तयारीमा छौं ।’

फिल्मको शीर्ष अभिनेत्रीबारे सोधिएकोबारे निर्देशक चौधरीले केही खुलाएनन् । उनले यसबारे अघि भने, ‘हामी यो पटक हाम्रो फिल्मलाई राम्रो र प्रतिक्षित बनाउन कुनै पनि कसर बाँकी राख्ने छैनौँ । दर्शकलाई सकेसम्म राम्रो र स्तरीय सिनेमा दिनु हाम्रो उद्देश्य हो ।’

अभिनेता राईसँग निर्देशक चौधरीले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । यो फिल्ममा राईलाई भिन्न चरित्रमा देख्न पाइने जनाइएको छ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई मल्टिस्टारर बताइएको छ । यो फिल्मको पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्मलाई एक्सन ड्रामा जनरामा बनाउन लागिएको उल्लेख छ ।

छायांकन भदौ पहिलो सातादेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?