+
+
Shares

संसद्को कार्यसूची हेरफेर, राष्ट्रसंघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:५९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज प्रतिनिधिसभाको सम्भावित कार्यसूची आकस्मिक कारणले हेरफेर गरी नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक २०८३ सम्बन्धी प्रस्ताव हटाइयो ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने भनिएको विधेयकको प्रस्तावको सट्टा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अनुमोदन गरिने भएको छ ।
  • संसद् सचिवालयका अनुसार आज राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधता संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरिनेछ ।

६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सम्भावित कार्यसूची हेरफेर भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आकस्मिक कारणले गर्दा आजका लागि निर्धारित कार्यसूची हटाइने भएको छ ।

आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय थियो । यसलाई हटाएर संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि आजै अनुमोदन गरिँदैछ ।

संसद् सचिवालयका अनुसार आजका लागि ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस्’ भन्ने कार्यसूची राखिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?