+
+
Shares

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

रासस रासस
२०८३ भदौ २५ गते ६:१९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज क्रमशः दिउँसो १ बजे र सवा १ बजे बस्दैछ ।
  • प्रतिनिधिसभामा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दुई विधेयक प्रस्तुत गर्ने र कर्मचारी सञ्चय कोष विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ ।
  • राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।

२५ भदौ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । यस्तै, राष्ट्रिय सभाको बैठक पनि दिउँसो सवा १ बजे बस्ने कार्यक्रम छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी, बैठकमा सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

यस्तै, राष्ट्रिय सभामा प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?