News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ, जहाँ सिता वादीले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
- राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्दैछ, जहाँ पूर्वाधार विकास र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्रीहरूले उत्तर दिने कार्यसूची छ।
३१ भदौ, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
बुधबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधिसभाको बैठक बस्ने छ ।
आजको बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ ।
आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन ’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिक्रिया 4