३० भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रको संरक्षण, प्रवर्द्धन र सहजीकरणका लागि प्रदेश सरकार सधैँ तत्पर रहने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विराटनगर पुगेको मोरङ उद्योग व्यापार सङ्घको नवगठित ३५औँ कार्यसमितिलाई आज बधाई दिँदै दिँदै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् ।
उनले उद्योग–व्यवसाय अनुकूल नीतिगत सुधार, लगानीमैत्री वातावरणको निर्माण र स्थानीय उत्पादनको प्रवर्द्धनमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने भन्दै निजी क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार तथा निजी क्षेत्रबीचको साझेदारीलाई मजबुत बनाइने कुरामा जोड दिए ।
मुख्यमन्त्री कार्कीले सङ्घका नवनिर्वाचित अध्यक्ष अनिलकुमार साहसहित पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, आमन्त्रित सदस्यहरू एवं महिला उद्यम समितिका पदाधिकारीलाई खादा तथा माला पहिराएर स्वागत गर्दै सफल एवं उपलब्धिमूलक कार्यकालको शुभकामना पनि दिएका थिए ।
सो अवसरमा मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष साहले कोशी प्रदेश सरकारप्रति आभार व्यक्त गर्दै प्रदेशको औद्योगिक एवं आर्थिक विकासमा सङ्घले सरकारसँग काँधमा काँध मिलाएर सशक्त भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4