News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीपीडितको राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् ।
- उहाँले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर, बैंकर्स संघ र निर्माण व्यवसायी महासंघका नेतृत्वसँग विपद् घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गर्नुभयो ।
- तत्काल खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास र अन्य राहत सामग्री उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको छ ।
१० भदौ, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रसँग सहकार्य अघि बढाएका छन् ।
गृहमन्त्री गुरुङले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स संघ तथा नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वसँग छलफल गर्दै विपद् घडीमा सरकारसँग हातेमालो गर्न आग्रह गरेका हुन् ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक खाद्यान्न, औषधि, लत्ताकपडा, अस्थायी आवास तथा अन्य राहत सामग्री उपलब्ध गराउन निजी क्षेत्रलाई सहयोगका लागि आह्वान गरिएको छ ।
गृहमन्त्रीले विपद् व्यवस्थापन सरकारको मात्र जिम्मेवारी नभई सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा दायित्व भएको उल्लेख गर्दै रसुवाका प्रभावित परिवारलाई छिटोभन्दा छिटो सहयोग पुर्याउन सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
प्रतिक्रिया 4