+
+
Shares

निक्षेपको आधा मात्रै कर्जा निजी क्षेत्रमा

गत आव न्यून आर्थिक गतिविधि र रेमिट्यान्स आप्रवाहमा उच्च सुधार आएसँगै निक्षेपको आधा मात्रै कर्जा लगानी भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेर ५८ खर्ब ५७ अर्ब ६ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
  • निजी क्षेत्रमा गएको कर्जामा गैरवित्तीय संस्थागत क्षेत्रको अंश ६२.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रको अंश ३७.९ प्रतिशत रहेको छ।
  • गत आव कर्जा वृद्धि निर्माण, उपभोग्य र यातायात क्षेत्रमा बढे पनि कृषि क्षेत्रमा १.८ प्रतिशतले घटेको छ।

१० भदौ, काठमाडौं । वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा गएको कर्जाले आर्थिक गतिविधि सुधार नआएकोे देखाएको छ ।

गत आव न्यून आर्थिक गतिविधि र रेमिट्यान्स आप्रवाहमा उच्च सुधार आएसँगै निक्षेपको आधा मात्रै कर्जा लगानी भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.५ प्रतिशत अर्थात् ३ खर्ब ५९ अर्ब ३६ करोडले वृद्धि भई कुल ५८ खर्ब ५७ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ८.४ प्रतिशत अर्थात् ४ खर्ब २३ अर्ब ७३ करोडले बढेको थियो ।

२०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.९ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अंश क्रमश: ६२.८ र ३७.२ प्रतिशत थियो ।

गत आव निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंक ६.५ प्रतिशत, विकास बैंक ७ र वित्त कम्पनीको ५.४ प्रतिशत बढेको छ । २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा १५.१ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६२.९ प्रतिशत छ ।

२०८२ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जा अंश क्रमश: १४.५ र ६४.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

गत आव २०८२/८३ मा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशत, उपभोग्य क्षेत्र १७.८, यातायात, सञ्चार तथा सार्वजनिक सेवा १५, औद्योगिक उत्पादन ५.२, वित्त, बीमा तथा अचल सम्पत्ति ५ र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशत घटेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट कर्जा ३२.२ प्रतिशत, मार्जिन प्रकृति १८.३, हायर पर्चेज ११.१, माग तथा अन्य चालु पूँजी ७.३, रियल इस्टेट ६.९, अधिविकर्ष ५.२ र आवधिक कर्जा ४.३ प्रतिशत बढेको छ भने क्यास क्रेडिट कर्जा १.८ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?