+
+
Shares

समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न समितिको निर्देशन

समस्याग्रस्त सहकारीबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवा बन्द हुने समितिले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २२ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीबाट कर्जा लिएर नतिरेका ऋणीलाई समयमै कर्जा, ब्याज र हर्जाना भुक्तानी गर्न निर्देशन दिएको छ।
  • समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि ऋणीलाई कर्जा भुक्तानी गर्न निर्देशन दिएको हो।
  • समितिले समयमा कर्जा नतिर्ने ऋणी वा सञ्चालकको नाम सार्वजनिकीकरण, कालोसूचीमा समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिवाना सजाय भोग्नुपर्ने चेतावनी दिएको छ।

२२ वैशाख, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीबाट कर्जा लिएर नतिरेका ऋणीलाई समयमै भुक्तानी गर्न निर्देशन दिएको छ ।

समितिले सूचना जारी गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न भनेको हो ।

समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि कर्जा भुक्तानी गर्न ऋणीलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूले समितिको कार्यालयमा सम्पर्क गर्न समेत निर्देशन दिएको छ ।

समस्याग्रस्त सहकारीबाट संस्थाबाट लिएको कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी नगरे धारा, बत्ती, सिफारिस आदि सार्वजनिक सेवा बन्द हुनेसमेत समितिले सचेत गराएको छ ।

त्यसैगरी समयमा कर्जा भुक्तानी नगर्ने र समितिको सम्पर्कमा नआउने ऋणी वा सञ्चालकको नाम सार्वजनिकीकरण, कालोसूचीमा समावेश, सम्पत्ति लिलाम र कैद एवं जरिबाना सजाय समेत भोग्नुपर्ने समितिले जनाएको छ ।

समिति मातहत हाल २० वटा सहकारी संस्था छन् । ती संस्थाबाट ६२ हजार बचतकर्ताले करिब ४० अर्ब बचत फिर्ता माग गर्दै समितिमा आवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?