+
+
Shares

कर्जा उठाउँदा मुद्दामामिला भोग्न परेपछि हतासमा बैंकर 

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले र्स्माट सेलको सम्पत्ति लिलाम गरेको आरोपमा बैंकरलाई मुद्दा चलाएपछि उनीहरू नियमित काम गर्नसमेत डराउन थालेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २८ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्जा असुलीका लागि धितो लिलाम गर्दा मुद्दा दायर भएपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका उच्च अधिकारी र बैंकरहरू हतोत्साहित बनेका छन् ।
  • बैंकले स्मार्ट सेलको धितो लिलाम गरेको विषयमा मुद्दा परेपछि बैंकरहरूले नियमित बैंकिङ काम गर्नसमेत डर मान्न थालेका छन् ।
  • बैंकले धितो लिलाम गर्ने अधिकार कानूनले नै दिएको भन्दै आफ्नो काममा कुनै अवरोध नआउने र ग्राहक ढुक्क हुन आग्रह गरेको छ ।

२८ साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारीलाई कर्जा असुली गरेको आरोपमा मुद्दा दायर भएपछि बैंकरहरू झनै हतोत्साहित भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले र्स्माट सेलको सम्पत्ति लिलाम गरेको आरोपमा बैंकरलाई मुद्दा चलाएपछि उनीहरू नियमित काम गर्नसमेत डराउन थालेका छन् ।

बैंकको मुख्य काम भनेको सर्वसाधारणको निक्षेप लिने र कर्जा लगानी गर्ने हो । बैंकले कर्जा लगानी गर्ने भनेको सर्वसाधारणको निक्षेपलाई परिचालन गर्ने हो ।

बैंकले निक्षेपकर्ताको पैसालाई कर्जा दिने भएकाले असुलीमा पनि निर्मम हुनुपर्ने एक बैंकरले बताए । ‘सर्वसाधारणको निक्षेप लगानी गर्दा सुरक्षण राखेको धितो बिक्री गर्दा मुद्दा चल्ने भएपछि के काम गर्ने ?,’ एक बैंकरले प्रश्न गरे ।

ती बैंकरका अनुसार प्रतीतपत्र मार्फत दिइने कर्जाका हकमा आयात हुने सामान नै बैंकको कर्जा सुरक्षणमा हुुन्छ । बैंकले धितो राखेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेको जस्ता धेरै केस भएकाले आगामी दिन प्रतीतपत्र जारी गर्नै बैंकर डएराएको उनले बताए ।

इन्भेस्टमेन्ट मेगा बैंकको मुद्दा चलाइएको विषयमा बैंकहरूले पनि त्यसलाई खण्डन गरेका छन् । त्यसका साथै बैंक स्वयंले ध्यानाकर्षण भएको जनाएको छ । साथै, बैंकको नियमित काममा कुनै पनि असर नपर्ने भएकाले बैंकका ग्राहक ढुक्क हुन पनि बैंकले आग्रह गरेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ तथा सुरक्षित कारोबार ऐन २०६२ अनुसार धितो लिलाम गर्दा बैंकका उच्च अधिकारीले मुद्दा खेप्नुपरेको बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५७ मा ‘लिखत वा करारको भाखाभित्र कर्जा र त्यसमा लागेको ब्याज वा हर्जाना चुक्ता नगरे वा दुरुपयोग गरेको देखिए प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि धितो राखेको सुरक्षणलाई लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी सम्बन्धित बैंक वा वित्तीय संस्थाले आफ्नो साँवा, ब्याज असुलउपर गर्न सक्ने छ’ भन्ने व्यवस्था छ ।

सुरक्षित कारोबार ऐन २०६३ को दफा २८ अनुसार पनि बैंकले स्मार्ट सेलका टावरहरू बिक्री गरी आफ्नो कर्जा असुली गर्न पाउने स्पष्ट छ । तर पनि बैंक अध्यक्ष, सञ्चालक सहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति हिनामिना आरोपमा मुद्दा दायर भएको छ ।

यस घटनाबाट बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको बैंकले जनाएको छ ।

बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रही संस्थाको सबलता, समग्र ग्राहक हित र बैंकिङ प्रणालीको स्थायित्व केन्द्रमा राखी सम्पूर्ण सेवा तथा गतिविधि पूर्ववत् नियमित, सुरक्षित र निर्बाध सञ्चालन रहनेमा बैंकले विश्वास दिलाएको छ ।

बैंकिङ प्रणालीमा जनताको विश्वास, कर्मचारी मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय तथा सहयोग गरिदिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।

बैंकका सम्बन्धमा आएका आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?