+
+
Shares

रोहितको नयाँ ‘लभस्टोरी’ फिल्ममा पल र जसिताको जोडी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुने अनटाइटल प्रेमकथामा पल शाह र जसिता गुरुङ शीर्ष भूमिकामा देखिने भएका छन्।
  • निर्माता रोहित अधिकारीले जसितालाई अनुबन्ध गरिएको र पलसँग मौखिक सहमति भइसकेको तथा औपचारिक अनुबन्ध चाँडै हुने बताएका छन्।
  • दीपेन्द्र लामाले निर्देशन गर्ने यो फिल्म करिब ४ करोड रुपैयाँ बजेटमा चैतदेखि छायांकन सुरू गर्ने तयारी छ।

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री जसिता गुरुङले आगामी फिल्ममा ‘अनस्क्रिन रोमान्स’ गर्ने भएका छन् । रोहित अधिकारी र ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुन लागेको अनटाइटल प्रेमकथा फिल्ममा यी दुई कलाकारलाई शीर्ष भूमिकामा देख्न पाइने भएको हो ।

निर्माता अधिकारीले जसितालाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए । पलसँग मौखिक सहमति भइसकेको र चाँडै औपचारिक रूपमा अनुबन्ध गर्ने तयारी रहेको उनले बताए ।

फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । निर्माता अधिकारी र निर्देशक लामाले यसअघि पनि केही प्रोजेक्टमा सहकार्य गरिसकेका छन् ।

झन्डै ४ करोड रुपैयाँ बजेटमा निर्माण हुने बताइएको फिल्मको छायांकन चैतदेखि सुरु गर्ने तयारी छ । अहिले प्राविधिक टोली र कलाकारको लाइनअप तय गर्ने काम भइरहेको छ ।

रोहित अधिकारी फिल्म्सले यसअघि अभिनेता अनमोल केसीसँग ‘फर्की फर्की’को सिक्वेलका रूपमा अर्को फिल्म निर्माण गर्ने घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?