+
+
Shares

जन्मदिन मनाउँदै जसिता : यो यात्रा उत्साहजनक, सुन्दर र अर्थपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २ गते १५:५८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री जसिता गुरुङले शनिबार जन्मदिन मनाइरहेकी छन् र सामाजिक सञ्जालमा शुभकामना प्राप्त गरिरहेकी छन्।
  • जसिताले सन् २०१८ को फिल्म ‘लिली बिली’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् र ‘पारस’ फिल्ममा अभिनय गर्न सम्झौता गरिसकेकी छन्।
  • जसिताले जन्मदिनको अवसरमा संघर्ष र परिवारबाट टाढा बस्नुपर्ने पीडाबारे भावुक सन्देश लेख्दै सबैप्रति आभार व्यक्त गरेकी छन्।

काठमाडौं । पछिल्लो समयकी चर्चित अभिनेत्री जसिता गुरुङ शनिबार आफ्नो जन्मदिन मनाइरहेकी छन् । रोमान्टिक जनराका फिल्ममार्फत दर्शकमाझ लोकप्रिय बनेकी उनी अहिले नेपाली फिल्म उद्योगकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन् ।

जन्मदिनको अवसरमा उनलाई प्रशंसकदेखि कलाकारसम्मले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन् । सन् २०१८ मा रिलिज भएको रोमान्टिक फिल्म ‘लिली बिली’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिताले त्यसयता लभ स्टेसन, ज्याकी आइएम २१, फर्की फर्की र जेरी अन टप जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् ।

विशेषगरी, अभिनेता अनमोल केसीसँग उनले सहकार्य गरेका फर्की फर्की र जेरी अन टप बक्सअफिसमा सफल फिल्म मानिएका छन् । लगातार सफलताको यात्रामा रहेकी जसिताले आगामी फिल्म ‘पारस’ पनि सम्झौता गरिसकेकी छन् । उक्त फिल्म चाँडै छायांकनमा जाने तयारीमा रहेको बताइएको छ ।

जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा भावुक सन्देश लेख्दै जसिताले आफ्नो यात्रा, संघर्ष र साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् । उनले सपना पछ्याउने क्रममा परिवारबाट टाढा बस्नुपरेको पीडा सुनाउँदै वर्षमा एकपटक मात्रै परिवारलाई भेट्न पाउँदा जन्मदिनमा घरको सम्झना अझ बढी हुने बताएकी छन् ।

उनले आफ्नो काम हेर्ने, माया गर्ने, सन्देश पठाउने र साथ दिने सबैलाई धन्यवाद दिँदै नेपाली फिल्म उद्योगले आफूलाई धेरै कुरा सिकाएको उल्लेख गरेकी छन् । “यो यात्रा उत्साहजनक, सुन्दर, तनावपूर्ण र अर्थपूर्ण रह्यो,” उनले लेखेकी छन् ।

आफ्नो नयाँ वर्षको जीवनयात्रामा अझ धेरै प्रगति, स्वास्थ्य, शान्ति र खुशीको कामना गर्दै उनले परिवार, शुभेच्छुक र आफूलाई साथ दिने सबैप्रति आभार व्यक्त गरेकी छन् । ‘मलाई जस्तो छु त्यस्तै रूपमा स्वीकार्ने र साथ दिने सबैलाई मनदेखि धन्यवाद,’ उनले लेखेकी छन् ।

जसिताको जन्मदिनमा उनका को-स्टार अनमोलले पनि इन्स्टाग्राम स्टोरीमार्फत रोमान्टिक र मायालु भावसहितको जन्मदिन शुभकामना दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?