+
+
Shares

त्रिपुरेश्वरमा आगजनी भएको बसका चालकको मृत्यु

उपचारका क्रममा मृत्यु भएका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो । त्यसपछि घटना भएको खुलेको छ । घटनाको छानबिनका लागि समिति गठन भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ७:५२

६ असोज, काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो ।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।

चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।

यो घटनाको छानबिनका लागि समिति गठन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?