+
+
Shares

सिरहामा १३ लाख बढीको अवैध सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ७:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाका विभिन्न सीमा क्षेत्रबाट १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।
  • सशस्त्र प्रहरीका अनुसार बरामद सामान नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गरिँदै थियो।
  • बरामद सामग्रीमा लत्ताकपडा, मोटरसाइकल, किराना, सुर्तीजन्य पदार्थ, कस्मेटिक, जुत्ता, खेलौना, हार्डवेयर, पेय पदार्थ, मदिरा र इन्धन छन्।

६ असोज, सिरहा । सिरहाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार गरिएका १३ लाख बढीको सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरीका अनुसार १३ लाख ३५ हजार २५१ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकाबाट नेपालबाट भारततर्फ लैजाँदै गरिएको तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको सामान बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा तथा इन्धनलगायत रहेका छन्।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?