+
+
Shares

बसमा आगलागी : जरिबानाको विषयमा ट्राफिक प्रहरी र चालकबीच भएको थियो विवाद

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १७:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच विवाद भएको खुलेको छ।
  • आगलागीमा काभ्रेका २५ वर्षीय बस चालक दावा लामा गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन्।
  • भिडियोमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ र ‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरुले..,’ भनेको सुनिन्छ।

५ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुबीच विवाद भएको खुलेको छ ।

सामाजिक सन्जालमा सार्वजनिक वादविवादको एक भिडियो क्लिपमा चालकले ‘मर्न तयार छु, तर फाइन तिर्दिनँ’ भनेको सुनिन्छ ।

लगत्तै रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगोमा जलेर एक युवक गम्भीर घाइते भएका थिए । उनलाई प्रहरीहरुले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाएका थिए । उनको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

वादविवादको भिडियो हेर्दा चालकलाई ट्राफिक नियम उल्लंघनको आरोपमा ट्राफिक प्रहरीले जरिबानास्वरुप चिट काट्न खोजेको जस्तो देखिन्छ । तर चालकले भने आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान लिएको सुनिन्छ । ‘मलाई विना कसुर फाइन हान्न खोज्छ उहाँहरुले..,’ उनले भनेका छन् ।

ड्राइभिङ सिटमै रहेका चालक र सडकमा रहेका ट्राफिक प्रहरीहरुबीच विवाद भइरहेको भिडियोमा सशस्त्र प्रहरीको पोशाक लगाएका र सादा पोशाकका व्यक्तिहरु पनि देखिन्छन् । उनीहरुले बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै साइड लगाउन भनिरहेको पनि सुनिन्छ ।

त्यही क्रममा चालकले आफूले ट्राफिक प्रहरीतर्फ देखाउँदै आफूले ‘रेस्पेक्ट’ गरेको, माफी मागेको तर जरिबाना तिराउन खोजिएको गुनासो गर्छन् ।

जरिवाना तिर्नैपर्ने ट्राफिक प्रहरीहरुको भनाइ र तिर्दिनँ भन्ने बस चालकको अडानका बीच विवाद थप चर्किंदै जान्छ । त्यसपछि चालक थप आक्रोशित हुन्छन् र भन्छन्– ‘हामी काम गर्ने मान्छे हो । म मर्न तयार छु ।’

आफ्नो गल्ती नभएको तर पनि माफी मागेको दोहोर्‍याउँदै उनले थप भनेका छन्, ‘…मैले यति धेरै रेस्पेक्ट गर्दागर्दै यिनीहरुले लापरवाही गर्ने ! जे गर्न सक्छ गर…।’

एकछिनपछि बसको पछिल्लो भागबाट आगो दन्किएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?