+
+
Shares

नक्कली नोट देखाएर ठगी गरेको आरोपमा २ जना पक्राउ

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नक्कली नोट देखाएर ठगी गरेको आरोपमा सर्लाहीका दिनेश विक र चितवनका कृष्णप्रसाद लामिछाने बल्खुबाट पक्राउ परेका छन्।
  • उनीहरूले १० लाख ल्याउन लगाई ३० लाख दिने भन्दै बोलाएर एक जनालाई नक्कली नोट दिएका प्रहरीले बताएको छ।

५ असोज, काठमाडौं । नक्कली नोट देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ का ३२ वर्षीय दिनेश विक र चितवनको भरतपुर महानगरपालिका–१३ का ४५ वर्षीय कृष्णप्रसाद लामिछाने छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्खुबाट पक्राउ गरेको हो ।

उनीहरूले एक जनालाई १० लाख ल्याउन लगाई ३० लाख दिने भन्दै बोलाएर प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले बताएको छ । उनीहरूले ३० लाख भनेर नक्कली नोट दिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?