+
+
Shares

सुनजस्तो धातु देखाएर एक करोड ३९ लाख ठगेको आरोपमा पक्राउ

पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ २४ मा भागेको कैदी रहेको प्रहरीले जनाएको छ ।

रासस रासस
२०८३ भदौ २८ गते २०:३०

२८ भदौ, काठमाडौं । सुनजस्तो पहेँलो धातु देखाई एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको टोलीले पक्राउ गरेको हो ।

टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेस्ट हाउसबाट थापालाई शनिबार पक्राउ गरिएको हो ।

पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ २४ मा भागेको कैदी रहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?