२६ साउन, काठमाडौं । नेपाल प्रहरीको असईमा नाम निकाल्दिन्छु भन्दै १० लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका–१ घर भएका ४६ वर्षीय हरिबहादुर रसाइली छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
असईको सबै परीक्षा उत्तिर्ण गरी अन्तर्वार्ता बाँकी रहेका एक व्यक्तिलाई असई बनाइदिने भन्दै उनले १० लाख ठगी गरेको आरोप छ । उनले आफू गृहमन्त्रालयका उच्च अधिकारीसँग नजिक रहेको भन्दै विश्वासमा दिलाएर ठगी गरेको आरोप छ ।
बबरमहलबाट पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यसका साथै उनी एक लाख १८ हजार रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पनि रहेको पाइएको छ ।
प्रतिक्रिया 4