+
+
Shares

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १३:०७

१६ साउन, काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

बाराको जितपुर सिमरा-१६ घर भई काठमाडौंको तार्केश्व बस्ने ३३ वर्षीय सागर उप्रेती र रुपन्देही घर भएका ४५ वर्षीय कृष्णकुमार उपाध्याय पक्राउ परेका हुन् ।

उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौं महानगर-१२ बाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि युवाहरुलाई प्रलोभनमा पारेर ठग्ने गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोगजार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?