+
+
Shares

रुकुम पश्चिमको घेत्मामा मोटरसाइकल दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १२:५२

१६ साउन, डोल्पा। भेरी करिडोर सडकखण्डअन्तर्गत रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा डोल्पाका एक जना घाइते भएका छन्।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका -१३ घेत्मामा शुक्रबार दिउँसो करिब ३ बजे डोल्पा देखि सुर्खेत जाँदै गरेको बा५९प ५३८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा डोल्पाको मुड्केचुला गाउँपालिका -०८ का अन्दाजी ४४ वर्षीय हुमलाल रोकाय घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घेत्मा पुल नजिकबाट करिब २० मिटर तल खोलामा मोटरसाइकल खसेर दुर्घटनामा हुँदा रोकायाको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने घाइतेलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?