+
+
Shares

डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते ७:१७

१५ असार, डोल्पा । हिमाली जिल्ला डोल्पामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

जिल्लाको ठूलीभेरी नगरपालिका-०९ खारखोलीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन् ।

सोमबार राति करिब साढे ८ बजे सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको बा ४५ प ६४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेर दुर्घटनाहुँदा चालक जुम्ला स्थायी घर भई सदरमुकाम दुनै बजारमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २६ वर्षीय सर्जन विक र पछाडि सवार ठूली भेरी नगरपालिका-०९ मोतिपुर निवासी २८ वर्षीय गोपाल नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

 उनका अनुसार प्रहरीले दुवै घाइतेको उद्धार गरी जिल्ला अस्पताल दुनैमा उपचारका लागि पठाएको थियो ।

हाल घाइते दुवै जनाको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको र दुर्घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?