२३ जेठ, इनरुवा (सुनसरी) । सुनसरी कोशी गाउँपालिका-८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
त्रियुगा गरपालिका-२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
प्रहरी जवान पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल प्र १-०२-००३ ह १०५२ नम्बरको सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । पौडेल प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका-८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4