+
+
Shares

जन्तर-मन्तरमा सीजेपीको प्रदर्शन, अभिजीत दिपके पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते ११:३४

२३ जेठ, काठमाडौं । भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नयाँ दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन सुरु भएको छ ।

जारी भइरहेको प्रदर्शनमा कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दिपके पनि सहभागी भएका छन्।

शिक्षामन्त्री विरुद्ध जन्तर मन्तरमा प्रदर्शनकारीहरूले चर्को नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेकै समयमा दिपके आफैं प्रदर्शनस्थल पुगेका हुन् ।

मन्त्री प्रधानको कार्यकालमा युवाहरूको भविष्य अन्धकारमा परेको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीहरूको मागलाई समर्थन गर्न उनी त्यहाँ पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?