+
+
Shares

नुहाउँदा सबैभन्दा पहिला शरीरको कुन भागमा पानी हाल्नु राम्रो ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाउकोमा सिधै पानी खन्याउँदा मस्तिष्कका रक्तनलीमा अचानक असर परी चक्कर लाग्ने वा टाउको दुख्ने जोखिम हुन्छ।

नुहाउनुअघि सुरुमा कहाँ पानी हाल्ने भनेर तपाईं पनि धेरै पटक अलमलिनु भएको होला । अझ जाडो मौसम छ भने त पहिला शरीरमा पानी हाल्ने कुरा सोच्दा मात्रै पनि असहज अनुभव हुन्छ ।  नुहाउन सुरु गर्ने तरिका आ-आफ्नो हुन्छ ।

धेरैजसो मानिसले टाउकोबाट पानी हाल्न सुरु गर्छन् । कसैले सिधै जिउमा पानी हाल्छन् भने कसैले हातगोडाबाट बिस्तारै पानी हाल्न सुरु गर्छन्। यसमा कसैले पनि फाइदा बेफाइदाको बारेमा सोचेको हुँदैन । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ नुहाउँदा शरीरको कुन भागमा पहिले पानी हाल्नुपर्छ ?

नुहाउँदा पानी खन्याउनुको फाइदाबारे आयुर्वेदमा चर्चा गरिएको छ ।

पहिले कहाँ पानी खन्याउनु पर्छ ?

आयुर्वेद विज्ञका अनुसार खुट्टामा पानी खन्याएर नुहाउन सुरु गर्नु लाभदायक मानिन्छ । त्यसपछि मात्र अन्य भागहरूमा पानी खन्याउनुपर्छ । यद्यपि, पानीलाई बिस्तारै घुँडा, तिघ्रा, पेट, काँध र अन्तमा टाउकोसम्म हाल्दै जानु राम्रो हुन्छ ।

यसो गर्दा के हुन्छ ?

यसो गर्दा शरीरको तापक्रम बिस्तारै परिवर्तन हुन्छ र शरीरले अचानक तापक्रमको झट्का सामना गर्नुपर्दैन । यसले शरीरबाट तापक्रमलाई गर्मीलाई क्रमैसँग कम गर्न मद्दत गर्छ ।

टाउकोबाट सिधै पानी खन्याउनु कति ठिक ?

यदि नुहाउँदा तपाईंले एक्कै पटक टाउकोमा पानी खन्याउने गर्नुभएको छ भने यो बानी आजैबाट परिवर्तन गर्नुहोस् । यसले शरीर र मस्तिष्कका रक्तनलीहरूमा अचानक असर पार्न सक्छ । केही मानिसहरूलाई चक्कर लाग्ने, टाउको दुख्ने वा असुविधा महसुस हुन सक्छ । विशेषगरी धेरै चिसो पानीले नुहाउँदै हुनुहुन्छ भने यसमा बढी ख्याल गर्नुपर्छ ।

नुहाउँदा किन सही विधि अपनाउनुपर्छ ?

आयुर्वेदले नुहाउँदा सन्तुलन कायम राख्नु आवश्यक छ भनी बताउँछ। त्यसैले, पहिले खुट्टामा पानी खन्याउनुपर्छ र त्यसपछि अन्तिममा टाउको पानी हाल्नुपर्छ । यसो गर्दा नुहाउने व्यक्तिलाई पनि अलि सहज र आरामदायी महसुस हुन्छ।

तातो पानीले नुहाउँदा के गर्ने ?

यदि तपाईं तातो पानीले नुहाउँदै हुनुहुन्छ भने, धेरै तातो पानी सिधै टाउकोमा नखन्याउनु राम्रो हुन्छ । धेरै तताो पानीले टाउकाको कपाल तथा छाला सुख्खा हुन सक्छ । टाउको चिलाउने, चाया पर्ने सम्भावना बढाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?