२३ जेठ, काठमाडौं । दिल्लीस्थित जन्तर-मन्तरमा आज कक्रोच जनता पार्टी (सीजेपी)ले प्रदर्शन गरेको छ । उक्त प्रदर्शनमा एक ८० वर्षीय ज्येष्ठ नागरिक पनि सहभागी भएपछि एकाएक सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।
पार्टीका संस्थापक अभिजीत दीपकेको नेतृत्वमा युवा प्रदर्शनकारीहरू भेला भइरहेका बेला ती ज्येष्ठ नगारिक पनि युवाहरूकै माझमा उभिएको भिडियो र तस्वीरहरू ‘एक्स‘ मा भाइरल भइरहेका छन्।
युवाहरूको बाहुल्यता रहेको यस आन्दोलनमा ८० वर्षीय नागरिकको उपस्थितिले इन्टरनेट प्रयोगकर्ताहरूलाई आकर्षित गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ती वृद्धको तस्वीर सेयर गर्दै ‘के उनी पनि जेनजी हुन् त ?’ भन्दै कौतुहलता र ठट्टा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4