+
+
Shares

मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशत मात्रै

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते ११:५३

२३ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को जेठ २१ गतेसम्म कुल विनियोजित बजेटको १९.४ प्रतिशत मात्र खर्च गरेको छ ।

प्रदेश सरकारको वित्तीय विवरणअनुसार ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार बजेटमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार खर्च भएको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए ।

विवरणअनुसार जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रहेको थियो । जेठ २१ गतेसम्म आइपुग्दा खर्चमा ३६ करोड ४२ लाखको वृद्धि भएको छ । यस अवधिमा चालु खर्च करिब ९ करोड ७४ लाख तथा पुँजीगत खर्च करिब १८ करोड ७८ लाखले बढेको छ ।

अर्थमन्त्रीमा युवराज भट्टराई जिम्मेवारी सम्हालेदेखि सप्ताहिक रुपमा खर्चविवरण सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?