News Summary
Generated by OK AI. Editorially reviewed.- सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ६.३१ प्रतिशत बजेट खर्च गर्न सकेको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १८.१२ प्रतिशत र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १६.५६ प्रतिशत मात्र बजेट खर्च गरेको छ।
- परराष्ट्र मन्त्रालयले ५५.८० प्रतिशत बजेट खर्च गरी सबैभन्दा बढी खर्च गरेको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।
२७ माघ, काठमाडौं । ठूलो बजेट ओगटेका विकासे मन्त्रालयहरू नै बजेट खर्चमा दयनीय अवस्थामा रहेको देखिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले पुस मसान्तसम्म ६.३१ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।
यस वर्ष सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड रुपैयाँ बजेट ओगटेको छ । खर्च भने ५ अर्ब ७६ करोडमात्र गर्न सकेको छ । उता, अर्को ठूलो बजेट ओगट्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १८.१२ प्रतिशतमात्र खर्च भएको छ । यस मन्त्रालयले चालु आव कुल १ खर्ब ५३ अर्ब रुपैयाँ बजेट ओगटेको छ । खर्च भने २७ अर्ब ८७ करोडमात्र भएको छ ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अर्को ठूलो बजेट ओगटेको मन्त्रालय हो । यो मन्त्रालयको ६ महिनाको खर्च १६.५६ प्रतिशतमात्र छ । ४२ अर्ब ७७ करोडको बजेट राखेको यस मन्त्रालयले ७ अर्बमात्र खर्च गर्न सकेको देखिन्छ ।
प्रतिशतका हिसाबमा सबैभन्दा धेरै बजेट खर्च परराष्ट्र मन्त्रालयले गरेको छ । सो मन्त्रालयले ६ महिनामै ५५.८० प्रतिशत बजेट खर्च गरिसकेको तथ्यांक छ ।
अर्थ मन्त्रालय स्वयंले ६ महिनामा ३५.५४ प्रतिशत बजेट खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३२.९८ प्रतिशत बजेट खर्च गरेको अर्थ मन्त्रालयको तथ्यांक छ ।
नयाँ सरकार गठन भएसँगै अर्थ मन्त्रालयले सहरी विकास, भाैतिक पूर्वाधार तथा यातायात लगायत मन्त्रालयकाे ठूलाे बजेट राेक्का गरेकाे थियाे । त्यसकाे असर ६ महिनाकाे बजेट खर्चमा स्पष्ट देखिन्छ ।
मन्त्रालयगत बजेट खर्च विवरण (२०८२/८३)
| सि.नं | मन्त्रालय / निकाय | विनियोजित बजेट (हजारमा) | खर्च (हजारमा) | खर्च प्रतिशत (%) |
| १ | प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय | ५४,६५६ | १८,०२३ | ३२.९८ |
| २ | अर्थ मन्त्रालय | ३,९५,०६७ | १,४०,४१० | ३५.५४ |
| ३ | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय | ८९,५१९ | ७,५९६ | ८.४८ |
| ४ | ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय | ४,२७,७१५ | ७०,८३२ | १६.५६ |
| ५ | कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय | ५,३९४ | १,६८४ | ३१.२३ |
| ६ | कृषि तथा पशुपन्छी विकास मन्त्रालय | ५,०७,०२९ | २,१७,८२७ | ४२.९६ |
| ७ | खानेपानी मन्त्रालय | २,०७,२९८ | २४,७७८ | ११.९५ |
| ८ | गृह मन्त्रालय | २१,१७,५८२ | ८,९१,७९९ | ४२.११ |
| ९ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय | ७६,७२२ | १०,१९१ | १३.२८ |
| १० | परराष्ट्र मन्त्रालय | ९०,१७१ | ५०,३१७ | ५५.८० |
| ११ | वन तथा वातावरण मन्त्रालय | १,२१,८३२ | ३५,९८८ | २९.५४ |
| १२ | भूमिसुव्यवस्था, सहकारी तथा गरिबी निवारण | ७४,१४१ | २७,३६९ | ३६.९१ |
| १३ | भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय | १५,३७,८६८ | २,७८,७२८ | १८.१२ |
| १४ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय | १५,३२८ | ३,१३९ | २०.४८ |
| १५ | युवा तथा खेलकूद मन्त्रालय | ५७,२२९ | ७,६५१ | १३.३७ |
| १६ | रक्षा मन्त्रालय | ६,३३,०६९ | २,९०,४५५ | ४५.८८ |
| १७ | शहरी विकास मन्त्रालय | ९,१३,५०४ | ५७,६६७ | ६.३१ |
| १८ | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय | ६,०५,७०६ | २,८१,००२ | ४६.३९ |
| १९ | सञ्चार तथा सूचना प्रविधि मन्त्रालय | ७८,९१९ | २५,४०० | ३२.१९ |
| २० | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय | ७५,४०२ | ११,०२५ | १४.६२ |
| २१ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालय | ५,६३,३३५ | १,८६,३७५ | ३३.०८ |
| २२ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय | १६,३७१ | २,५४८ | १५.५६ |
| २३ | राष्ट्रिय योजना आयोग | १,७०८ | ६९८ | ४०.८७ |
प्रतिक्रिया 4