+
+
Shares

सेयर बजारको ओरालो यात्रा कायम, नेप्से र कारोबार रकम दुवै घट्यो

मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार १०.२५ अंक घटेर २६६२.१४ मा झरेको छ।
  • मंगलबार नेप्सेमा १७९ कम्पनीको सेयर मूल्य घटेको र ७४ कम्पनीको बढेको नेप्सेले जनाएको छ।
  • मंगलबार नेप्सेमा ८ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सोमबारको भन्दा कम हो।

२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २६.०५ अंक घटेको नेप्से सूचक मंगलबार १०.२५ अंक घटेको हो ।

मंगलबार नेप्से सूचक मात्रै होइन, कारोबार रकममा पनि उच्च गिरावट आएको छ । यो साताको पहिलो दिन आइतबारदेखि नेप्से सूचक र कारोबार रकम दुवैमा निरन्तर गिरावट आएको नेप्सेले जनाएको छ ।

मंगलबार कारोबार सुरु हुँदा २६७२.३९ अंकमा रहेको नेप्से १०.२५ अंक घटेर २६६२.१४ अंकमा झरेको छ । नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो ।

नेप्सेमा यस दिन १ सय ७९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७४ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक पनि घटेका छन् । यस दिन बैंकिङ १.३२ अंक घटेको छ भने विकास बैंक ६५.६७ र वित्त २२.७१ अंक घटेका छन् ।

त्यसैगरी होटल ३५.६५, जलविद्युत् ९.०५, लगानी ०.५६, जीवन बीमा ९८.४४, उत्पादनमूलक ५९.७०, लघुवित्त २४.१७, निर्जीवन बीमा ६८.५६ र अन्य समूह ८.२३ अंक घटेका छन् । तर, मंगलबार नेप्सेमा सामूहिक लगानी कोष ०.०४ र व्यापार समूहमात्र १९.७० अंक बढेको छ ।

मंगलबार नेप्सेमा ३ सय २४ कम्पनीको ८९ हजार ८ सय ३६ कारोबारबाट २ करोड १७ लाख १५ हजार ८ सय ६८ कित्ता सेयर ८ अर्ब ६१ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा थोरै हो । सोमबार नेप्सेमा १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?