+
+
Shares

आर्थिक वर्ष सकिन ४५ दिन बाँकी रहँदा बजेट खर्च ६४ प्रतिशत मात्र

चालु वर्ष कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार)सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १५ गते १३:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्षको बजेट अवधि ४५ दिन बाँकी रहँदा सरकारले कुल बजेटको ६३.७६ प्रतिशत मात्र खर्च गरेको छ ।
  • यस अवधिमा पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत अर्थात् १ खर्ब २३ अर्ब रुपैयाँ मात्र हुन सकेको छ ।
  • चालु आर्थिक वर्षमा १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन हुँदा कुल राजस्व र खर्चबीच झण्डै २ खर्ब रुपैयाँको खाडल छ ।

१५ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन अवधि अब ४५ दिन मात्र बाँकी छ । कुल १९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको सरकारले १५ जेठ (बिहीबार)सम्म लक्ष्यको ६३.७६ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बिहीबारसम्म कुल बजेट खर्च १२ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ बराबर भएको छ ।

जुन लक्ष्यको ६३.७६ प्रतिशत हो । यस अवधिमा चालु खर्च लक्ष्यको ७२.८५ प्रतिशत बराबर भएको छ । जुन ८ खर्ब ६० अर्ब ३१ करोड बराबर भएको छ । चालु खर्चको लक्ष्य ११ खर्ब ८० अर्ब ९८ करोडको हो । पूँजीगत खर्च लक्ष्यको ३०.१८ प्रतिशत मात्र भएको छ । पूँजीगत खर्च कुल ४ खर्ब ७ अर्ब रुपैयाँको लक्ष्य रहेकोमा खर्च भने १ खर्ब २३ अर्ब रुपैयाँ बराबर मात्र भएको छ ।

वित्तीय व्यवस्थातर्फको खर्च ७१.६४ प्रतिशत भएको छ । यस अवधिमा २ खर्ब ६८ अर्ब ८४ करोड वित्तीय व्यवस्थामा खर्च भएको तथ्यांक छ ।

विनियोजन भने ३ खर्ब ७५ करोड भएको थियो । सरकारले आज आगामी आवको बजेट सार्वजनिक गर्दैछ । सार्वजनिक खर्चका संरचनात्मक समस्या जहाँको तही रहँदा लक्ष्य अनुसार राजस्व नउठ्ने र विनियोजन अनुुसार खर्च नहुने प्रवृत्ति हरेक वर्ष दोहोरिएको छ । आगामी वर्ष यो समस्या हटाउने प्रतिवद्धतासहित नयाँ बजेट आउने बताइएको छ ।

राजस्वतर्फ महालेखाले बुधबारसम्मको मात्र यथार्थ विवरण सार्वजनिक गरेको छ । जस अनुसार १० खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन वार्षिक लक्ष्यको ६९.३३ प्रतिशत हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । कुल राजस्व र खर्चका बीचमा झण्डै २ खर्बको खाडल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?