News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
- मोटरसाइकल चालक लक्ष्मण थापा र गिरमान सिंह रानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
- घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ जेठ, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विकको कमाण्डमा ४ जनाको टोली तथा इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले घटनास्थलबाट दुई जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए । उपचारको क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4