+
+
Shares

गुल्मीमा जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १३:५८

४ वैशाख, गुल्मी । सत्यवती गाउँपालिका-४ नदेवा क्षेत्रमा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

यही वैशाख १ गते साँझ करिब ५ बजेतिर ६२ वर्षीया महिलामाथि जबर्जस्ती करणी भएको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरी नायव निरीक्षक नरेद्रबहादुर विकको कमाण्डमा खटिएको टोलीले घटनामा संलग्न २३ वर्षीय आशिष ज्ञवालीलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका ज्ञवालीलाई सोही दिन राति जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको थियो ।

पीडितको जिल्ला अस्पताल गुल्मीमा स्वास्थ्य परीक्षण गराइएको छ । पीडितबाट जाहेरी प्राप्त भइसकेको र आरोपितलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?