+
+
Shares

गुल्मीमा जिप घरमा ठाेक्कियाे : दुई जनाको मृत्यु, ११ जना घाइते

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।

अनिल खत्री अनिल खत्री
२०८२ चैत २२ गते १८:४७

२२ चैत, गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका–४ मिसुकामा बोलेरो पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।

वीरवासबाट मिसुकातर्फ जाँदै गरेको लु १ च ४९०६ नम्बरको बोलेरो पिकअप जिप अचानक ब्रेक फेल भएर स्थानीय फुलमाया श्रेष्ठको घरमा ठोक्किन पुगेको थियो ।

मृत्यु हुनेमा गुल्मीदरबार–४ की ३५ वर्षीया कृष्णा ढेंगा र  ४० वर्षीया मीना सनामी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

घाइतेहरूलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र श्रृङ्गामा पुर्‍याएर उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । गम्भीर हुनेमा जमुना ढेंगा, सुमित्रा ढेंगा, पार्वती ढेंगा, पम्फा ढेंगा, कुमारी पुन ढेंगा, मिना सनामी छ । अन्य पाँचजनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?