News Summary
Generated by OK AI. Editorially reviewed.- आजबाट अधिकमास अर्थात मलमास सुरु भएको छ र यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ।
आजबाट अधिकमास अर्थात मलमास सुरु भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भन्ने गरिएको छ । यस पटकको मलमास असार १ गतेसम्म रहन्छ । सौर्यमास र चान्द्रमासको महिनालाई समायोजन गर्नका लागि झण्डै ३–३ वर्षमा एक अतिरिक्त महिना थपिने गर्छ । यसलाई नै मलमास वा अधिकमास भनिएको हो ।
सूर्यमास भनेको सूर्यको गतिअनुसार कायम गरिएको महिना हो भने चन्द्रमास भनेको चन्द्रमाको गतिअनुसार मनाइने महिना हो ।
पञ्चांग गणनाको सूर्यमानअनुसार एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ । चन्द्रमानअनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्यमान भन्दा चन्द्रमानको वर्षमा वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपला समय बढी हुन्छ ।
चन्द्रमानको वर्षका हुने यही बढी दिन जन एक महिना पुग्छ त्यसलाई समायोजना गर्नका लागि अधिकमास मनाउने गरिन्छ ।.
२ वर्ष, ८ महिना, १६ दिन र चार घडी पुगेपछि अधिकमास हुने गर्छ ।
यो अधिक महिना जहिले पनि औंसीको भोलिपल्टबाट सुरु भएर अर्काे औंसीसम्म रहन्छ । अधिक मास फागुनबाट कार्तिकको बीचमा पर्छ ।
यो महिनामा निम्न कार्यहरू गर्न नहुने शास्त्रीय मान्यता छ
–विवाह, ब्रतबन्ध, गृहप्रवेश जस्ता शुभकार्य साथै कुनै पूजा, पुराण श्रवण जस्ता कार्य गरिँदै
–मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ ।
–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन ।
–पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।
–विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ भनिन्छ ।
–यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मदैनन् भन्ने कथन पनि छ ।
–नयाँ जोडी मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।
–कुनै नयाँ व्यवसाय तथा नयाँ काम गर्नु पनि शुभ मानिदैन ।
–यो महिनामा भगवान विष्णुको पूजा आराधना गरिन्छ । पुरुषोत्तम महात्म्य लगाउने चलन छ ।
–यो महिनाभर काठमाडौंको मच्छेनारायणमा विशेष मेला लाग्ने गर्छ ।
प्रतिक्रिया 4