News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस क्लब चेल्सीले स्पेनी प्रशिक्षक जाबी अलोन्सोलाई जुलाई १ देखि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
- अलोन्सोले रियल मड्रिड र बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका छन्।
- अलोन्सोले चेल्सीलाई उच्च स्तरमा प्रतिस्पर्धी बनाउँदै उपाधिका लागि लड्ने लक्ष्य रहेको बताएका छन्।
३ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले जाबी अलोन्सोलाई नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । स्पेनी प्रशिक्षक अलोन्सोले जुलाई १ देखि कार्यभार सम्हाल्ने क्लबले जनाएको छ ।
स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनमा प्रशिक्षकको अनुभव बटुलेका अलोन्सोले लेभरकुसेनलाई इतिहासकै पहिलो जर्मन लिग उपाधि जिताएका थिए ।
नियुक्तिपछि अलोन्सोले चेल्सी विश्व फुटबलकै ठूलो क्लबमध्ये एक भएको भन्दै टोलीलाई उच्च स्तरमा प्रतिस्पर्धी बनाउँदै उपाधिका लागि लड्ने लक्ष्य रहेको बताएका छन् ।
प्रतिक्रिया 4