+
+
Shares

टाटा मोटर्सको ‘द ग्रान्ड स्विच एक्स्चेन्ज क्याम्प’, पुरानो गाडी साटेर नयाँ पाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिप्रदी ट्रेडिङले टाटा मोटर्सका लागि ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ जेठ १ देखि ३ गतेसम्म आयोजना गरेको छ।
  • ग्राहकले नगद छुट, निःशुल्क चार्जिङ, एक्स्चेन्ज मूल्यांकन र अन्य सुविधा पाउने कम्पनीले जनाएको छ।
  • यो क्याम्पमा ग्राहकले पुरानो सवारी साटेर नयाँ टाटा विद्युतीय तथा आईसीई गाडी खरिद गर्न सक्ने व्यवस्था गरिएको छ।

३ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’ आयोजना गरेको छ । जेठ १ गतेदेखि सुरु भएको क्याम्प ३ गतेसम्म सञ्चालन हुनेछ ।

ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष एक्स्चेन्ज क्याम्पमा ग्राहकले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

द ग्रान्ड स्विच एक्स्चेन्ज क्याम्प अन्तर्गत ग्राहकले नगद छुट, उत्कृष्ट एक्स्चेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन्।

यस एक्स्चेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आईसीई सेगमेन्टका मोडल उपलब्ध हुनेछन् ।

ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।

एक्स्चेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्डद्वारा प्रदान हुनेछ । कम्पनीका अनुसार ग्राहकले देशभर रहेका टाटा मोटर्सको शोरुमबाट लाभ लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?