+
+
Shares
अन्तर्वार्ता :

नेपालमा टाटा ईभीलाई ग्राहक सुरक्षामा बढी ध्यान दिएका छौं

नेपालमा टाटालाई लिथियम फोहोरको सगरमाथा बनाउनु छैन । लिथियम ब्याट्रीको फोहोर नेपालमै थुप्रिनु हुँदैन । त्यसैले ब्याट्री मर्मत स्थानीय रूपमा गर्ने नीति लिएका छौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टाटा मोटर्सले नेपालमा १७ वटा ईभी कार्यशाला र २१ वटा सेवा टचप्वाइन्टसहित बलियो ईभी–रेडी सेवा सञ्जाल निर्माण गरेको छ।
  • टाटा ईभीले नेपालमा ३९ भन्दा बढी डीसी फास्ट चार्जर र १५० भन्दा बढी एसी चार्जरसहितको चार्जिङ सञ्जालबाट सेवा प्रदान गरिरहेको छ।
  • टाटा मोटर्सले नेपाली प्राविधिकलाई ब्याट्री मर्मत गर्न तालिम दिई स्थानीय स्तरमै उच्च भोल्टेज ब्याट्री डायग्नोस्टिक र रिस्टोरेसन सुविधा स्थापना गरेको छ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) प्रयोग निरन्तर बढिरहेको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन प्रयोगकर्ता बढिरहेका हुन् । टाटा मोटर्सले समेत नेपालमा ईभी गाडी बिक्री वितरण गर्दै आएको छ । नेपालमा सिप्रर्दी ट्रेडिङ मार्फत ईभी गाडी बिक्री गर्दै आएको हो ।

टाटाले नेपालमा ईभीको क्षमतामा केन्द्रित, चार्जिङ पूर्वाधार, स्पेयर पार्ट्स तयारी तथा स्थानीय प्राविधिक सहयोग सहित भविष्य, उपयुक्त आफ्टरसेल्स इकोसिस्टम निर्माण गर्दै नेपालमा विद्युतीय मोबिलिटीप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाइरहेको छ ।

यही विषयमा टाटा मोटर्सको साउथ एसिया रिजनल कस्टोमर केयर म्यानेजर (प्यासेन्जर भेहिकल बिजनेस युनिट, इन्टरनेसनल बिजनेस) रन्धीरकुमार चोधरीसँग अनलाइनखबरका कृष्णसिंह धामीले गरेको कुराकानी :

टाटा ईभीले नेपालमा आफ्नो सेवा कसरी प्रवाह गर्दै आएको छ ?

टाटा ईभीले नेपालभरि १७ वटा ईभी कार्यशाला र २१ वटा ईभी सेवा टचप्वाइन्ट सहित बलियो ईभी–रेडी सेवा सञ्जाल निर्माण गरेको छ । प्रत्येक स्थानमा प्रशिक्षित ईभी प्राविधिक, विशेष उपकरण, उन्नत डायग्नोस्टिक प्रणाली तथा उच्च भोल्टेज सुरक्षा सम्बन्धी पूर्वाधार उपलब्ध छन् ।

सेवा क्षमतासँगै टाटा ईभीले उच्च भोल्टेजका महत्त्वपूर्ण कम्पोनेन्ट सहित ईभी विशेष स्पेयर पार्ट्सको उपलब्धता पनि सुनिश्चित गरेको छ । यसले छिटो सेवा प्रदान गर्न, सवारीसाधनको डाउनटाइम न्यून गर्न तथा ईभी ग्राहकलाई भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न सहयोग पुर्‍याएको छ ।

टाटा ईभीले सवारी बिक्रीभन्दा बाहिर गएर इकोसिस्टम आधारित दृष्टिकोण अपनाएको छ । टाटा ईभीले ग्राहकका लागिमात्र समर्पित ३९ भन्दा बढी डीसी फास्ट चार्जर तथा प्रमुख स्थानमा १ सय ५० भन्दा बढी एसी चार्जर सहितको चार्जिङ सञ्जालबाट सेवा प्रदान गरिरहेको छ ।

यस इकोसिस्टमको एक प्रमुख आधार उच्च भोल्टेज ब्याट्री डायग्नोस्टिक तथा रिस्टोरेसन सुविधा (बीडीएफआर) हो, जसले उच्च भोल्टेज ब्याट्री र विद्युतीय मोटरको स्थानीय स्तरमै परीक्षण तथा मर्मत सम्भव बनाउँछ । यस स्थानीय क्षमताले सेवा समय र लागत उल्लेखनीय घटाउँदै विदेशमा निर्भर भएर पार्ट्स प्रतिस्थापन गर्नुपर्ने अवस्था न्यून बनाएको छ ।

नेपालमा ईभी भित्रिएपछि सबैभन्दा ठूलो चुनौती के देख्नुभयो ?

गाडीको ३०–४० प्रतिशत लागत ब्याट्री नै हो । यदि ब्याट्री र मोटर मर्मत नेपालमै गर्न सकेनौं भने ईभी दीर्घकालीन रूपमा टिक्दैन । नेपालजस्तो आयातमुखी देशमा सबै खर्च बाहिर जानु राम्रो हुँदैन ।

टाटाको उद्देश्य नाफा मात्रै होइन, स्थानीय क्षमता निर्माण पनि हो । त्यसकारण हामीले नेपाली प्राविधिकलाई ब्याट्रीको सेवा आफैं गर्न सक्ने बनायौं ।

अर्को कुरा भनेको नेपालमा हामीलाई अर्को माउन्ट एभरेस्ट (सगरमाथा) बनाउनु छैन । लिथियम फोहोर नेपालमै थुप्रिनु हुँदैन । त्यसैले ब्याट्री मर्मत स्थानीय रूपमा गर्ने नीति लिएका छौं ।

यसका लागि नेपालका इन्जिनियरलाई भारत पठाएर तालिम दिलायौं । भारतीय विशेषज्ञलाई समेत नेपाल बोलाएर तालिम दियौं ।

ग्राहकको ठूलो डर भनेको ८ वर्षपछि ब्याट्री के हुन्छ भन्ने हो । यदि १ लाख रुपैयाँको ब्याट्री छ भने हामी २० प्रतिशत खर्चमै मर्मत गर्न सक्छौं । ग्राहकले २० हजार मात्रै तिर्छन्, पैसा विदेश जान्न ।

ब्याट्री नेपालमै मर्मत हुन्छ भन्ने थाहा पाएपछि ग्राहक धेरै आत्मविश्वासी भएका छन् । उनीहरूलाई अब ईभी किन्दा डर छैन ।

नेपालमा ईभी गाडी भित्र्याउनु अगाडि के–कस्ता योजना अघि बढाउनुभएको थियो ?

नेपालमा विद्युतीय सवारीसाधन सार्वजनिक रूपमा ल्याउनुअघि नै स्पष्ट रणनीति तय गरिएको थियो । तयारी अन्तर्गत कम्पनीले लन्च अघि नै नेपालमा एक वरिष्ठ आफ्टरसेल्स स्रोत व्यक्ति खटाएर स्थलमै तयारी र समन्वय अघि बढाएको थियो ।

नेपालको भौगोलिक अवस्थाबारे बुझ्ने काम भएको थियो । वास्तविक सडक अवस्था बुझ्न विभिन्न भौगोलिक क्षेत्रमा व्यापक इन मार्केट टेस्टिङ (आईएमटी) गरिएको थियो । यससँगै सेवा, चार्जिङ तथा स्पेयर पार्ट्स तयारीमा विशेष ध्यान दिइएको थियो ।

यो यात्रा सुरुवात ११ वटा ईभी कार्यशाला र १३ वटा डीसी फास्ट चार्जरबाट गरिएको थियो, जसलाई हाल बढ्दो ईभी संख्या अनुसार क्रमिक रूपमा विस्तार गरिएको छ । यसले मागभन्दा अघि नै सेवा तयारी सुनिश्चित गर्दै आएको छ ।

ग्राहक सन्तुष्टि कत्तिको पाउनुभएको छ ? त्यसको मापन कसरी हुन्छ ?

हाम्रो ग्राहक सन्तुष्टि दर ९७ प्रतिशत छ । ९० प्रतिशतभन्दा माथि उत्कृष्ट मानिन्छ । अहिले ग्राहक शिक्षित छन्, निजी ग्राहकका लागि छुट्टै सेवा संरचना बनाइएको छ । हाम्रो ९९ प्रतिशत फिल रेट छ । एउटा गाडी बनाउन १० हजारभन्दा बढी पार्ट्स चाहिन्छ । त्यसका लागि चाहिने सबै पाटर््स हाम्रो नेटवर्कमा उपलब्ध छन् । जसले गर्दा समेत ग्राहक हामीसँग सन्तुष्ट छन् । उनीहरूका गुनासा सुन्नका लागि समेत हामीले त्यस्तो खालको संयन्त्रको विकास गरेका छौं ।

कुनै गाडीमा नयाँ खालको समस्या आएको खण्डमा त्यस्ता गुनासा सिधै टाटा मोटर्समा पठाउने समेत व्यवस्था गरिएको छ । ताकि नयाँ आउने गाडीमा सुधार गर्न सकियोस् ।

ब्याट्री मर्मतपछि सिधै फिट हुँदैन । हामीले आईपी६७ प्रोटोकल अनुसार लिक टेस्टट गर्छौं । सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो ।

हरेक त्रैमासिक रूपमा टेक्निकल क्लब हुन्छ । मासिक अपडेट दिइन्छ । सिप्रदीले ट्राफिक प्रहरीलाई पनि ईभी तालिम दिएको छ, किनकि दुर्घटनामा उनीहरू नै पहिला पुग्छन् । त्यसमा के गर्ने भन्ने सबैलाई जानकारी हुँदैन । दुर्घटना न्यूनीकरण गर्न हामीले ट्राफिक प्रहरीलाई समेत तालिम दिएका छौं ।

आगामी दिनमा नेपालका ग्राहकलाई सेवा विस्तार तथा गुणस्तरको रणनीति कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

आगामी दिन ध्यानमा राख्दै टाटा ईभीले ईभीका लागि समर्पित कार्यशाला थप विस्तार गर्ने, दक्ष ईभी जनशक्ति संख्या बढाउने, बीडीआरएफ मार्फत ब्याट्री तथा मोटर परीक्षण र मर्मत क्षमता अझ सुदृढ बनाउने साथै स्पेयर पार्ट्स भण्डारण र आपूर्ति शृङ्खलाको कार्यक्षमता थप सुधार गर्ने योजना अघि बढाउने छ ।

रन्धीरकुमार चोधरी, साउथ एसिया रिजनल कस्टोमर केयर म्यानेजर (प्यासेन्जर भेहिकल बिजनेस युनिट, इन्टरनेसनल बिजनेस), टाटा मोटर्स

कम्पनीले फास्ट चार्जिङ सेवा क्षेत्र विस्तार गर्ने, उन्नत डायग्नोस्टिक तथा सफ्टवेयर सहयोगलाई थप सुदृढ बनाउने छ । यसको स्पष्ट उद्देश्य नेपालमा ईभी स्वामित्व सहज, भरपर्दो र चिन्तामुक्त बनाउनु हो ।

तस्बिर : शंकर गिरी/अनलाइनखबर  

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?