+
+
Shares

टाटा मोटर्सको नयाँ शोरुम धनगढीमा

सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरुम उद्घाटन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १६:३६

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले सुदूरपश्चिम प्रदेश केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ ।

सिप्रदी ट्रेडिङका सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जीएआरएस ट्रेडिङका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरुम उद्घाटन गरे ।

कार्यक्रममा स्थानीय समुदाय, व्यावसायिक प्रतिनिधि र ग्राहकहरूको उल्लेखनीय उपस्थिति थियो ।

सिप्रदी ट्रेडिङका डिलर सेल्स विभागका सिनियर म्यानेजर ढुंगेलले भने, ‘धनगढी शोरुम उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौं ।’

नयाँ शोरुम मार्फत अब धनगढीमात्र नभई सुदूरपश्चिम क्षेत्रका ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडेलहरू टाटा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन् ।

त्यस्तै आईसीई मोडेलहरू अन्तर्गत टाटाका टियागो, पन्च, नेक्सन र सफारी पनि यस शोरुम मार्फत उपलब्ध हुनेछन् । पन्चले नेपाली बजारमा सिटी एसयूभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्रीमात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसिलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

जीएआरएस ट्रेडिङका प्रबन्ध निर्देशक पाण्डेले भने, ‘यो शोरुम मार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडेलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौं ।’

साथै, सोही कार्यक्रममा टाटाको गाडी बुक गरेर बसेका ग्राहकलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?