+
+
Shares

आइफोन १७ भन्दा ५ दिनअघि नै सामसुङको विशेष समारोह, ल्याउँदैछ यस्तो स्मार्टफोन

समाचार अनुसार ग्यालेक्सी इभेन्टमा सामसुङले Galaxy S25 FE, Galaxy Tab S11 र Galaxy Tab S11 Ultraसार्वजनिक गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १८:०६

काठमाडौं। एप्पलले आइफोन १७ सिरिज सेप्टेम्बर ९ मा सार्वजनिक गर्दैछ । तर त्यसको ५ दिनअघि नै प्रतिस्पर्धी कम्पनी सामसुङले ग्यालेक्सी एस २५ एउटा विशेष समारोह गर्दैछ ।

सेप्टेम्बर ४ मै सामसुङले नयाँ स्मार्टफोनका साथै ट्याबलेट पनि लञ्च गर्ने अपेक्षा गरिएको छ । सामसुङले उक्त कार्यत्रमका लागि आधिकारिक निमन्त्रण पनि जारी गरिसकेको छ ।

सामसुङले सेप्टेम्बरको उक्त समारोहलाई Galaxy Event नाम दिएको छ । यो कार्यक्रम भर्चुअल माध्यमबाट हुनेछ र कार्यक्रमको प्रत्यक्ष प्रशारण सामसुङको वेबसाइट तथा युट्युब च्यानलमा हेर्न सकिनेछ ।

उक्त दिन कम्पनीले ग्यालेक्सी एस २५ सिरिजको नयाँ मोडेल सार्वजनिक गरिने सामसुङले जनाएको छ । त्यसका साथै कम्पनीले प्रिमियम एआई ट्याबलेट पनि सार्वजनिक गर्नेछ । समाचार अनुसार ग्यालेक्सी इभेन्टमा सामसुङले Galaxy S25 FE, Galaxy Tab S11 र Galaxy Tab S11 Ultra सार्वजनिक गर्नेछ ।

यद्यपि ग्यालेक्सी एस २५ सिरिजको नयाँ मोडेल बाहेक अन्य कतिवटा प्रडक्ट उक्त दिन लञ्च हुनेछन् भन्ने बारेमा कम्पनीले आधिकारिक रुपमा केही पनि बताएको छैन ।

कतिपयले चाहीँ उक्त दिन सामसुङले आफ्नो ट्राइफोल्ड स्मार्टफोन समेत सार्वजनिक गर्नसक्ने अनुमान गरेका छन् । यद्यपि त्यसको सम्भावना कम छ । किनकि ट्राइफोल्ड स्मार्टफोन ल्याउँदा कम्पनीले अवश्य पनि छुट्टै बृहत समारोहको आयोजना गर्नेछ ।

सामसुङले ल्याउने ग्यालेक्सी एस२५ एफईमा ६.७ इन्चको डाइनामिक एमोलेड डिस्प्ले हुनेछ । स्क्रिनको रिफ्रेस रेट १२० हर्ज हुनेछ भने स्क्रिनमा निकै सुरक्षित गोरिल्ला ग्लास भिक्टस प्रयोग गरिएको छ ।

यो फोनमा पछाडिको भागमा ट्रिपल क्यामेरा सेटअप हुनेछ । जसमा मूख्य क्यामरा ५० मेगापिक्सेलको हुनेछ भने अर्को ८ मोगपिक्सेलको टेलिफोटो लेन्स र १२ मेगापिक्ृेलको अल्ट्रा वाइड एंगल लेन्स हुनेछ ।

त्यस्तै सेल्फी क्यामेरा १२ मेगापिक्सेलको हुनेछ ।

उक्त फोनमा ४९०० मिलिएम्पियर आवरको ब्याट्री र Exynos 2400 प्रोसेसर रहनेछ ।

ग्यालेक्सी एस२५ को उक्त नयाँ मोडेल एन्ड्रोइड १६ मा आधारितOne UI 8 अपरेटिङ सिस्टमा सञ्चालित हुनेछ । यसमा सात वर्षको अपरेटिंग सिस्टम तथा सेक्योरिटी अपडेट उपलब्ध हुनेछ ।

यसको सुरुवाती मूल्य ६४९.९९ डलर हुने बताइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?