+
+
Shares

त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १७:२२

१६ भदौ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयमा ६ सूत्रे माग राखेर ज्ञापनपत्र बुझाएको छ ।

उपकुलपति प्रा.डा. दीपक अर्याललाई बुझाएको ज्ञापनपत्रमा सेवा आयोगबाट हुने सम्पूर्ण विज्ञापन पूर्ण रुपमा कुल विज्ञापनको ४५ प्रतिशत गर्न माग गरेको छ ।

बौद्धिक चोरीको आरोप लागेका उच्च पदस्थ व्यक्तिलाई उच्च स्तरीय छानविन गरी कारबाही गर्न पनि युनियनले माग गरेको छ ।

त्रिविको जग्गा सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न र जग्गा भाडामा दिने निर्णय खारेज गर्नुपर्ने माग युनियनको छ ।

नयाँ उपकुलपतिलाई आफ्नो टिम बनाएर काम गर्न दिनुपर्ने माग पनि राखेको छ ।

माग पूरा गर्न २४ घण्टाको अल्टिमेटम दिएको युनियनले पादधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?