
News Summary
Generated by OK AI. Editorially reviewed.- गौरवराज पाण्डे नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आइटी) को अध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन्।
- नास-आइटीको उपाध्यक्षमा दीपेन चापागाईं, महासचिवमा आलिशा श्रेष्ठ र कोषाध्यक्षमा अभया पौडेल निर्वाचित भएका छन्।
- संस्थाले सूचना प्रविधि क्षेत्रको विकासका लागि नीति वकालत गर्दै अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व बढाएको छ।
१६ भदौ, काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आइटी) को अध्यक्षमा गौरवराज पाण्डेको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ ।
संस्थाको तेस्रो वार्षिक साधारण सभापछि गौरवराज पाण्डे सर्वसम्मतिले नास-आइटीको अध्यक्षमा चुनिएका हुन् । गौरव ई.के. सोलुसन्सका सीईओ हुन् ।
यस्तै नास आइटीको उपाध्यक्षमा दीपेन चापागाईं (लेगपोइन्ट), महासचिवमा आलिशा श्रेष्ठ (अम्निल टेक्नोलोजिज) र कोषाध्यक्षमा अभया पौडेल (गोक्यो ल्याब्स) निर्वाचित भएका छन् ।
यस्तै संस्थाको कार्यकारी सदस्यहरूमा कैलाश राज बिजयानन्द (लिफफ्रग टेक्नोलोजिज), नारायण कोइराला (एमिनेन्स वेज), प्रार्थना साख (बी.आई.सी. टेक्नोलोजिज), रिचन श्रेष्ठ (क्विकफक्स टेक्नोलोजिज), सन्तोष कोइराला (तत्कालीन अध्यक्ष) सन्तोष कोइराला रहेका छन् ।
गत वर्ष नास आईटीले सूचना प्रविधि क्षेत्रको विकासका लागि महत्त्वपूर्ण नीतिगत वकालत गर्दै सरकारसँग विभिन्न चरणमा बहस चलाएको थियो। फलस्वरूप संस्थाले आईटी सम्बन्धी ऐन, निर्देशिका र नियमावलीमा भएका परिवर्तनहरूलाई नजिकबाट नियाल्दै उद्योगको पक्षमा आवाज उठाएको थियो।
संघले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व बढाउँदै महाकुम्भ आईटी कार्यक्रम, वर्ल्ड आईटी शो, र एपीआईसीटीए अवार्ड्स २०२४, ब्रुनाई जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाएको थियो। यसबाहेक, नेपाल र यूकेबीचको प्राविधिक सम्बन्ध सुदृढ पार्ने पहलहरूमा पनि नास आईटीको महत्त्वपूर्ण भूमिका रहेको थियो।
संस्थाले प्रविधिको कौशल र दक्षता विकासलाई बढी प्राथमिकतामा राखेको छ नेपालको आईटी उद्योगलाई विश्वस्तरीय अवसरहरू सिर्जना गर्ने र नवप्रवर्तन तथा उद्यमशीलतालाई प्रोत्साहित गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया 4