+
+
Shares

तीन थरी समय देखाउने विश्वकै सबैभन्दा जटिल घडी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्विस कम्पनी भ्याचेरोन कन्स्ट्यान्टिनले तयार पारेको 'लेस क्याबिनोटियर सोलेरिया अल्ट्रा ग्रान्ड कम्प्लिकेसन' विश्वकै सबैभन्दा जटिल मेकानिकल हाते घडी हो।
  • यस घडीमा ४१ वटा जटिल फिचर र १ हजार ५२१ भागहरू छन्, जसका लागि कम्पनीले १३ वटा पेटेन्टका लागि आवेदन दिएको छ।
  • यो घडीले तीन प्रकारका समय देखाउँछ र सूर्यको स्थिति, उचाइ, बाटो, १३ तारामण्डल ट्र्याक गर्न सक्छ, जसमा ८ वर्ष लागेको छ।

स्विस घडी निर्माता कम्पनी भ्याचेरोन कन्स्ट्यान्टिनले तयार पारेको नयाँ घडीले विश्वको ध्यान तानेको छ । ‘लेस क्याबिनोटियर सोलेरिया अल्ट्रा ग्रान्ड कम्प्लिकेसन’ नाम दिइएको घडीले विश्वलाई नै चकित पारेको हो ।

यस घडीलाई अहिलेसम्म बनेका सबै मेकानिकल हाते घडीमध्ये सबैभन्दा जटिल मानिएको छ । स्विट्जरल्याण्डको वाचेज एन्ड वन्डर्स व्यापार मेलामा सार्वजनिक गरिएको यो घडी आफ्ना फिचरहरूका कारण जटिल बनेको हो ।

बताइए अनुसार यस घडीमा ४१ वटा जटिल फिचरहरू रहेका छन् । जुन आफैँमा एउटा रेकर्ड भएको कम्पनीले जनाएको छ । त्यस्ता फिचरहरूलाई घडीको विज्ञान (होरोलोजी)मा कम्प्लिकेसन भनिन्छ, जसले सामान्य समय देखाउने कार्यभन्दा बाहिरका विशेष काम गर्छ ।

यस घडीमा १ हजार ५२१ वटा अलग-अलग भागहरू रहेका छन् । कम्पनीले यो घडीलाई सुरक्षित राख्न १३ वटा पेटेन्टका लागि आवेदन दिइरहेको छ । तीमध्ये सातवटा पेटेन्ट ध्वनि प्रणालीसँग सम्बन्धित छन् ।किनकि यो घडीमा हम्मरले हिर्काएको जस्तो आवाज आइरहन्छ । घडीले तीन प्रकारका समय देखाउँछ । जसमा सामान्य २४ घण्टे दिन, सिडरल समय र सौर्य दिन रहेका छन् । सिडरल समय पृथ्वीले आफ्नो अक्षमा घुम्न लाग्ने समय हो, जुन क्यालेन्डर दिनभन्दा करिब चार मिनेट छोटो हुन्छ । अनि सोलार डेमा पृथ्वीको कक्ष अनुसार मिलाइएको हुन्छ ।

त्यस्तै यो घडीले सूर्यको स्थिति, उचाइ, बाटो र पृथ्वीको भूमध्यरेखाको सापेक्षमा त्यसको कोण ट्र्याक गर्ने खगोलीय कार्यहरू गर्न सक्छ । यसबाट १३ वटा तारामण्डलहरू समेत ट्र्याक गर्न सकिन्छ । घडीबाटै आकाशमा ती ताराहरू अर्को पटक कहिले देख्न सकिन्छ भनेर देखाउन हेर्न मिल्ने बताइएको छ ।

घडी निर्माता कम्पनीले यसलाई ‘आविष्कारको उत्कृष्ट नमुना’ भनेको छ । उसलाई यो घडी बनाउन आठ वर्ष लागेको थियो । यो घडीको बाहिरी भाग १८ क्यारेटको सेतो सुनबाट बनेको छ भने त्यसमा २०० भन्दा बढी रत्नहरू जडिएका छन् ।

४५ मिलिमिटर मात्र व्यास भएको यो घडी बनाउने कम्पनीले यसअघि पनि सबैभन्दा जटिल पकेट घडी बनाउने रेकर्ड राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?